कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक छ : वडा अध्यक्ष थापा
११ बैशाख ,काठमाडाैं । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो ।
बेसीशहर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगा थापाले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको वर्ष दिन हुदैँ छ ।
पछिल्लो समय लमजुङ जिल्ला स्थित बेसीशहर नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष गंगा थापा। पुर्व अध्यक्षका कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ‘बेसीशहर नगरपालिका वडा नम्बर १० मा यो अर्थिक वर्षको ७५ प्रतिशत भन्दा धेरैकाम गरिसकेको समाज सेवामा निरन्तर लाग्नुभएको वडा अध्यक्ष थापाले बताउदै उहाँले थप्नुभयो , “सबै एउटै भन्न त मिल्दैन तर कतिपय कर्मचारीको लापरबाहिको कारणले गर्दा कतिपय काम समयमै संम्पन्न हुन सकेको छैन । जनप्रतिनिधि हो भन्दैमा सबै कुरा जान्ने हुदैन ।” कर्मचारी र जनप्रतिनिधि बिच सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो ।
कर्मचारीहरूले पनि देश र जनता प्रति इमानदार भई तत्कालीन सरकारका नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्नु पर्छ । मुलुकको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका लागि कर्मचारीले सिकेको लामो अनुभवलाई सदुपयोग गर्नु पर्ने देखिन्छ भनेर वडा अध्यक्ष थापाले बताउनुभयाे ।
समग्र वडाको प्रतिनिधित्व गर्दै गर्दा पनि वडाको बिकास र वडाबासीको निश्वार्थ रुपमा सेवा गर्ने उदेश्यले लागेको हुनपर्ने कुरा उल्लेख गर्नुभयो । वडाका असिमित समस्या रहेको छ बजेट भने सिमित रहेको कारणले गर्दा वडाको विकास निर्माण गर्न चाहेर मात्र केही नहुदो रहेछ भनेर गुनासो गर्नुभयो ।
बजेटका लागी पनि सहज नभएको बजेट बिनियोजन गर्ने ठाउँमा पनि निजिकको मान्छे हुन आवश्यक हुदो रहेछ यो संगै साच्चिकै केही गरौै भन्ने भावना नभएका व्यक्तिका कारणले गर्दा हाम्रो समस्या तथा बजेट बिनियोजनका बिषयमा सहज नभएको कुरा उल्लेख गर्नुभयो ।
वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाज सेवामा रहनुभएका थापाले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
वडा अध्यक्ष थापा भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई समृद्धि बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको छ ।”
अन्त्यमा आफ्नो वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।