Share Icon

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ ।

पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले वडा खबर सगँ कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निर्मल चाैधरी अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले सामाजिक सशक्तिरण कार्यक्रम अन्तर्गत बाल विवाह, बाल श्रम जस्ता परम्परागत कार्यलाई न्युनीकरण गर्न सम्बन्धीत कार्यक्रमहरु राखेको छौँ ।”

त्यसैगरी लक्षित वर्गलाई समेट्ने गरी जेष्ठ नागरीक तथा अपाङ्गहरुलाई बजेट विनीयोजन गरे अनुसार केही दिनमै उहाँहरुलाई न्यानो लत्ता कपडा वितरण गर्ने उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका अति विपन्न तथा अल्पसङ्यक बालबालीकाहरुलाई शैक्षीक सामाग्री वितरण गर्ने कार्यक्रम सँगै युवाहरुको लागी खेलकुद कार्यक्रम पनि योजनामा समेटेको बताउनुभयो ।

त्यसैगरी बाढी तथा पहिरोबाट बच्न विपद तथा व्यवस्थापनमा केही बजेट छुट्याइएको उहाँले बताउनुभयो ।

उहाँले जङगली जनावर र छाडा पशु तथा चौपायबाट बच्नकोलागी ठाउँ ठाउँमा बत्ती जडान गर्ने र चिसोबाट बच्न सामुदायीक वन तथा वडाका वर्गरहरु सँग मिलेर दाउरा तथा मुढा संकलन गरेर वडाको चोक चोकमा आगो बाल्ने कार्यक्रम तय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा योजना तथा कार्यक्रमहरु धेरै रहेका छन । त्यस्तै हामीले वडामा सडककोे खण्डमा सडक कालोपत्रे गर्ने काम अघि बढाएका छौँ ।”

उहाँ पहिले एक गैर सहकारी संस्थामा काम गर्नुभएको हो । त्यस्तै उहाँले भन्नुभयो, “बाँकी रहेका योजनाहरु सम्पन्न गर्नको लागि हामी तिव्र गतिमा लागि परिरहेका छौ ।”

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई वडामा रहेका सडकहरुलाई कालोपत्रे गर्नुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेकाे छु ।”

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon