Share Icon

 १० माघ, काठमाडाैं।  गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन।

चुमनुव्री गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिगङयुर दार्जे लामाले  जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको जानकारी दिनुभयो । वडा नम्बर २ भौगोलिक हिसाबले विकट क्षेत्रमा पर्दछ । भौगोलिक विकटताले गर्दा विकास निमार्णका कामहरु गर्न असहज भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडक कच्चि भएकोले विकास निमार्णका सामानहरु ल्याउन नै ढुवानी खर्च धेरै लाग्ने देखिएको छ ।

पुर्व अध्यक्षको कार्यकालका कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्ने सुचारुमा रहेको छ । त्यस्तै उपभोक्ता समिति गठन गरेर कामहरु तिब्ब्र गतिमा सुचारु गर्ने तयारीमा रहेका छौ ।

स्वास्थ्य क्षेत्रको लागि विकट क्षेत्र भएकोले महिलाहरुको लागि सुरक्षित प्रसुति गर्नको लागि वडामै बर्थिङ केन्द्रको स्थापना गरिएको छ । उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो यस वडा बिकट क्षेत्र भएकोले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडामै स्वास्थ्य चौकी भवन निमार्ण गर्ने योजनामा रहेको छ ।

त्यस्तै खानेपानिको क्षेत्रलाई पनि त्यति नै चासो राख्दै निरन्तर काम अगाडि बढाएका छौ । उहाँले भन्नुभयो स्रोत साधनले भ्याए सम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानु हुन्छ । वडा नम्बर २ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon