Share Icon

१४ कार्तिक,काठमाडौं। नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए।

स्थानीय तह गठन हुनु भन्दा पहिला स्थानीय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाँडा, वडागाउँ र जिमाली गाविस मिली कुमाख गाउँपालिका मिति २०७३/०६/०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३/११/२७ गते नेपाल अधिराज्य भरी ७ सय ५३ वटा स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भएकाे थियाे ।

यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्ये १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ। साथै बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ । यहाँको जनसख्या ३३ हजार ३ सय ४७ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पूर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो ।यहाँको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडि रहेको छ ।

कुमाख गाउँपालिका हालको वडा नम्बर २ साविकको स्वीकोट गाविसका वडा नम्बर १,२,३ र ९  मिली हाल वडा नम्बर २ बनेको छ । यसको वडा कार्यालयको कार्यालय साविकै गाविस कार्यालयमा रहेको छ ।भने त्यहाँको पुरुष १ हजार ३ सय ९५ तथा महिला १ हजार ४३२ कुल जनसंख्या जम्मा संख्या २ हजार ८ सय २७ रहेको छ।  कुल घरधुरी ७ सय ४ रहेको छ ।

कुमाख गाउँपालिका-२ का वडा अध्यक्ष ईश्वरी शाहीले मुख्य सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। तर वडाभित्रका शाखा सडकहरूमा भने वर्षाकाे समयमा सवारी साधन संचालन गर्न कठिन भइरहेकाे उहाँकाे तर्क छ।

यस वडामा रहेका ३ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे बताउनुभएकाे छ। तर विद्यालयहरूकाे शैक्षिक गुणस्तर साेचे जस्ताे नभएकाे उहाँकाे भनाइ छ।    विद्यार्थीकाे संख्या न्यून रहेकाे बताउँदै शिक्षक दरबन्दीकाे पनि अभाव रहेकाे उहाँले बताउनुभयाे ।स्वच्छ खानेपानी एक घर एक धाराकाे अभियानकाे अब ३ वर्षभित्रमा पूरा हुने उहाँले बताउनुभएकाे छ।

कृषिकाे सन्दर्भमा याे  वडा खेती याेग्य रहेकाे बताउँदै उहाँले टिम्बुर प्रशाेधन केन्द्र र  बेसार प्रशाेधन केन्द्र संचालन गर्ने याेजना रहेकाे बताउनुभएकाे हाे । त्यस्तै, युवा लक्षित कार्यक्रमहरू पनि रहेकाे उहाँकाे भनाइ छ । जसअन्तर्गत महिला लक्षित कार्यक्रम, खेलकुद,अपांग मैत्री कार्यक्रम, बालबालिका, दलित/ जनजाति जस्ता आदि कार्यक्रमहरू संचालन भइरहेकाे उहाँले जानकारी गराउनुभएकाे हाे ।

कृषकलाई ८० प्रतिशतअनुदानकाे लागि गहुँकाे बीउ वितरण गरिएकाे पनि उहाँले बताउनुभयाे । साथै  कृषक समूहलाइ बेसारकाे बीउ निःशुल्क रूपमा वितरण गरेकाे उहाँकाे भनाइ छ। कृषकलाइ बाँदर धपाउने यन्त्र खरिद गरेर दिने याेजनासहित बजेट समेत विनियाेजन गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । विद्युतकाे सन्दर्भमा ५ वटा टाेल मध्ये २ वटा टाेलमा बिजुली बत्ती विस्तार भएकाे उहाँकाे भनाइ छ।

साथै विद्युत विस्तारका लागि टेन्डर भएकाे र ठेकेदारले कति वर्षमा काम सम्पन्न गर्छ भन्ने बारेमा एकिन नभएकाे उहाँले जानकारी गराउनुभयाे जलवायु सम्बन्धी कार्यक्रमका लागि ७५ लाख बजेट विनियाेजन गरिएकाे पनि उहाँले बताउनुभएकाे हाे । पर्यटनकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडामा रहेका मालिका  मन्दिर, भूमेश्वर सिद्ध गुफा र मठ-मन्दिरहरूकाे संरक्षण-व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना भइरहेकाे बताउनुभएकाे हाे ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे। नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ७३ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई ५ वर्षभित्रमा ९० प्रतिशत काम पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष शाहीकाे दावी छ।

Facebook Comments Box

Share Icon