Share Icon

१ फागुन, काठमाडाैँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भेज राज पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भेज राज पाण्डे ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

वडा अध्यक्ष पाण्डेले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

उहाँले भन्नुभयो,  ” वडामा अहिले कोल्ड स्टोरको स्थापनाको कामहरु भईरहेको छ । त्यसै गरी शिक्षाको क्षेत्रमा भौतिक व्यवस्थापनको लागि सामाग्री ल्याइदिएको र आई.टि.सम्बन्धी कक्षा सञ्चालन गरेको अध्यक्ष पाण्डेले प्रष्ट पार्नुभयो । ”

त्यस्तै गरी वडाको भवन निमार्णको काम सम्पन्न गरेको भएको छ । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीको भवनको निमार्ण गर्न निशुल्क जग्गा खरिद गरेर अबको लगतै भवन निमार्णको काम सुचारु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

सडक बाटोको खण्डमा कुनै ठाउँमा ग्राभेल गर्ने , बाटो नपुगेको टोल टोलमा बाटो पुराउने कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । त्यसै गरी विद्युत वत्तिको क्षेत्रमा मर्मत सम्भार गर्दै काठको पोल भको ठाउँमा फलामको पोल राख्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडामा विभिन्न कार्यक्रमहरु गर्नको लागि सामुदायिक भवनको निमार्ण गरेको उहाँको भनाई छ । त्यसै गरी जेष्ठ नागरिक तथा अपांगले पाउने सामाजिक सुरक्षा भत्ता टोल टोलमै गएर वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सिविर चलाएर डेलिभरी महिलाहरुलाई टोल टोलमा गएर स्वास्थ्य परिक्षण गरेको उहाँले बताउनुभयो ।

यो वडामा बाढि पहिलो धेरै आउने भएकोले यसको रोकथामको लागि प्रदेश र संघ संग समन्वय गरेर तटबन्धनको लागि विशेष पहल गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम भईरहेको छ । खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउने अभियानका साथ बृहत रुपमा भईरहेको छ । ”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon