नमुना वडा बनाउदै अध्यक्ष नेपाली

Share Icon

१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.८ का वडा अध्यक्ष होप ब. नेपाली स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याए वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

उहाँले भन्नुभयो,  ” यस वडामा ९१ लाख २५ हजार टोटल बजेट विनियोजन गरेको अध्यक्ष नेपालीले प्रष्ट पार्नुभयो । टोल विकास समिति मार्फत कामहरु भईरहेको उहाँको भनाई छ । ”

उहाँ राष्ट्रसेवक भएर नेपालीको सेनाबाट अबकास भईसकेपछि निरन्तर समाज सेवामा लागेर अहिले वडा अध्यक्ष पदमा रहेर वडाबासीहरुको विकास र समृद्धिको लागि अहोरात्र खटिनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष नेपालीले बताउनुभयो ।

उहाँ वडाको कार्यभार समाल्दै विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाई राख्नुभएको छ । त्यस्तै गरी सामुदायिक भवनको निमार्ण कामहरु रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ”  शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा कक्षा पाँचका विद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउनको लागि वडाबाट चार लाख बजेट विनियोजन गरेको अध्यक्ष नेपालीले बताउनुभयो । ”

पालुङटार नगरपालिका वडा नं.८ विकास निमार्णको हिसाबले पहिलो नम्बरमा परेको वडा हो ।

उहाँले भन्नुभयो,  ” वडामा रहेको योजनाहरु मध्य लगभग कामहरु सम्पन्न भईसकेको र बाकी रहेका योजनाहरु फागुन सम्म सम्पन्न गरेर पुन नयाँ योजनाहरुको लागि प्रत्येक वडामा गएर वडाबासीहरुसंग परार्मश लिएर योजनाहरु पारित गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी जेष्ठ नागरिक तथा अपांगहरुले पाउने सामाजिक सुरक्षा भत्ता लिनको लागि हिडेर टाढा धाउनु पर्ने निकै नै समस्या थियो, उक्त समस्या समाधान गर्नको लागि अहिले वडामै वितरण गर्ने व्यवस्था गरेको वडा अध्यक्ष नेपालीले प्रष्ट पार्नुभयो ।

त्यसै गरी आपतकालिन समयको लागि हेलिकोप्टर अबतरण गर्नको लागि हेलिप्याडको व्यवस्था गरेको उहाँले बताउनुभयो । जेष्ठ नागरिक तथा अपांगहरुलाई टोल टोलमा गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.