Share Icon

बैशाख, काठमाडाैं ।  खप्तडछान्ना गाउपालिका बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्ये एक हो । बझाङको तमैल बाट दक्षिण तिर सेति नदिको पुल तरेर यो गाउँपालिकामा पुग्न सकिन्छ ।

यो गाउँपालिकाको पूर्व तिर बाजुराको दोगडि रहेको छ, पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेको छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेको छ ।

जम्मा सात वटा वडा कार्यलय भएको यो गा‌उँपालिको को केन्द्र विन्दु वडा नं ४ को घाटखोलामा रहेको छ । खप्तडछान्ना गाउपालिका वडा नं.२ का वडा अध्यक्ष ज्योती बोगटीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

खप्तडछान्ना गाउपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष ज्योती बोगटी ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बोगटी अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको तथा दुर्गम वडा भएको कारण पनि विकास निर्माणसंग जोडन चुनौति रहेको तर चुनौतिका बाबजुत निरन्तर रुपमा आफ्नो कार्यकालमा वडालाई नमुना वडा बनाउन लागी रहेको र सदैव लागी रहने भनेर वडा अध्यक्ष बोगटीले प्रतिबद्धता गर्नुभयो ।

वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको र काम गरिरहेको वडा अध्यक्ष बोगटीले बताउनुभयोे ।

वडा अध्यक्ष बोगटी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु ८० प्रतिशत  सम्पन्न भइसकेको र बाकीे रहेका कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष बोगटीले थप्दै भन्नुभयो, ”यो आर्थिक वर्षको ८० प्रतिशत काम वडाको सम्पन्न भएको छ । वडाकाे सिमीत बजेटमा हाम्रा वडाका असिमित समस्याहरु रहेका छन । तर पनि हामी निरन्तर रुपमा लागिरहेको छौ । जसैगरेपनि वडालाई विकास निर्माणसंग जोडने हाम्रो वडाको उदेश्य रहेको छ ।’

वडा अध्यक्ष ज्याति बोगटीले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon