Share Icon

११ बैशाख, काठमाडाैं । देशभरका ६७४३ वडा स्तरका स्थानीय तहहमध्ये अधिकांशले स्थानीयवासीलाई सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ ।

आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने वडाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन जस्ताे लाग्छ। तर केही वडा कार्यालयले पालिका, प्रदेश र संघले नदेखेका वडावासीका समस्याहरुलाई पहिचान गरेको छन् । साथै अधिकांश वडा कार्यालयले वडावासीहरुका समस्याहरु औँल्याएर समाधानका लागि पनि परेका छन् ।

यस अर्थमा केही वडाहरुले गाउँ—गाउँमा सिंहदरबार पु¥याएको महसुस जनतालाई गराउन सफल भएका छन् । जनताको सुख /दुःखका सारथी बनेका छन् वडा कार्यालय।

यसै मध्ये एक हो कोशी प्रदेशमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर जुन कोशी प्रदेशको सुनसरी जिल्लामा पर्छ । धरान उपमहानगरपालिकालाई २० वटा वडामा विभाजित गरिएको छ । धरानका यिनै २० वडाहरुमध्यकै ४ नम्बर वडा उर्जाशिल तथा प्रष्ट वक्ताका साथै नैतिकवान विकास प्रेमी जनप्रतिनिधि पाएको वडा हो ।

धारनको ४ नम्बर वडाको यतिखेर वडा अध्यक्षको प्रतिनिधित्व गर्दै हुनुहुन्छ धन बहादुर राई । उहाँले पार्टीले दिएको नामसँगै लिएर पार्टीभन्दा माथि उठेर वडाकाे विकास गर्नकाे लागि सबैले साथ र सहयोग गर्न सक्नु पर्छ भनेर सार्वजनिक गर्नु भएकाे छ । उहाँको याे विचारकाे यतिखेर समाजिक सञ्जालमार्फत सम्पुर्ण नेपालीहरुले खुलेर नै प्रशंसा गरिरहेका छन् ।

साथै सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ । उहाँको विचार मात्र हैन उहाँको काम गर्ने गति र विकास प्रतिको प्रेमका साथै उहाँसँग भएको सकारात्मक सोचका कारणले स्थानीयबासीले प्रशंसा समेत गरिरहेको छन् । यो प्रमाण भनेको उहाँले गरेको काम मन र मत दुवै दिएर २०७९ सालको निर्वाचनमा वडा सदस्यबाट वडा अध्यक्षमा जिताउनु भएकाे हाे ।

वडा खबरसँग उहाँले पहिलो वाक्यमै उदाहरण दिदैँ भन्नुभयाे, ‘धरान लैजा भनेर कसैले तपाईलाई भनेमा तपाई ४ र २० नम्बर वडा बाहेक सबै राम्रो वडा लिन्छु भनेर भन्नुहुनेछ । समायोजन भएर आएको वडा रहेको वडा नम्बर ४ रहेको छ । अन्य साविक वडामा ९० प्रतिशत काम भईसकेको अवस्थासँगै समग्र धरानको वडालाई हेर्ने हो भने हाम्रो वडामा १० प्रतिशतमात्र विकास निर्माणको काम भएको योसंगै गर्नूपर्ने काममा चुनौती थुप्रै रहेको छ।’ सबै चुनौतीलाई आत्मसाथ गर्दै विकास निर्माणका कार्य तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्नुभयो ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष राई अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको तथा दुर्गम वडा भएको कारण पनि विकास निर्माणसँग जोडन चुनौती रहेको तर चुनौतीका बाबजुत निरन्तर रुपमा आफ्नो कार्यकालमा वडालाई नमुना वडा बनाउन लागि परेका बताउनु भयाे ।

वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेर धमाधम विकास निर्माणका काम भइरहेकाे वडा अध्यक्ष राईले जानकारी भयो ।

Facebook Comments Box

Share Icon