वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बुढाथोकी

Share Icon

२१ बैशाख ,काठमाडौं । मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ ।

यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ ।

विकासको सम्भावना बोकेको मालिका गाउँपालिकास्थितस्थित वडा नम्बर ७ रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।

मालिका गाउँपालिकास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष उदय कुमार बुढाथोकी ।

वडा नम्बर २ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ।

वडा कार्यालयको कार्यभार अघि बैदेशिक रोजगारमा १० वर्ष कोरीया बस्नुभएका उदय कुमार बुढाथोकी निरन्तर सामाजिक अभियान्ताका रुपमा आबद्ध रहनुभएको थियो ।

बिदेशबाट फर्किए पछि पनि निरन्तर रुपमा वडाका गतिबिधिमा निरन्तर हातेमालो गरिरहनुभएको थियो । निरन्तर वडाका बिकास निर्माणका गतिबिधि संग संगै वडा अध्यक्षमा स्थानियले आधिकारीक रुपमा समाज सेवा गर्नका लागी मन र मत दुवै दिएर निर्वाचित गर्नुभयो ।

वडा अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, बिद्युत ,स्वास्थ्य, खानेपानि, शिक्षा, सडक,कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’

आफूले सदबै यस वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता वडा अध्यक्ष उदय कुमार बुढाथोकीले व्यक्त गर्नुभएको छ । प्रत्यक्ष रुपमा महसुस गर्ने बतावरण तयार गर्र्दै छु । सबै टोलटोलका विद्यालय, शिक्षाको महत्वका बारेमा चेतना बढाएर विद्यालय जाउँ जाउँ लाग्ने वातावरण तयार पार्ने बताउनुभयो ।

वडा अध्यक्ष उदय कुमार बुढाथोकीले भन्नुभयो, “कृर्षीलाई आधुनिकरण गर्न र स्वस्थ्य क्षेत्र सबैको पहुचमा पु-याउने मेरो योजना छ । बस्तीस्तरमा गएर हामीले सबैको माग के छ भनेर छलफल चलाएको बिकास, निर्माणका योजना स्थानियका माग अनुसारका बनाएर पास गरेका थियौं सोही अनुसार यो चालु आर्थिक वर्षको काम ९० प्रतिशत काम वडा गरेर सकेको साथै बाँकी काम तिब्र गतिमा अगाडि बढाउने छु” ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष उदय कुमारले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं । वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ।

वडा अध्यक्ष बुढाथोकिले भन्नुभयो , ‘सबै सुगम खोज्दै शहर पसे भने गाउँ टोल बिकास कसले गर्छ ? म निरन्तर रुपमा समाज सेवामा लाग्ने छु मलाई शहर जाने रहर छैन मलाई यहाँको विकास गर्न छ । यहाँको स्थानियलाई सुगमको महसुस गराउने जिम्मा मेरो काधमा छ । त्यसैले म निरन्तर अहोरात्र खटिएको छु ।

युवालाई स्वदेशमै कृषि काममा लगाएर व्यावसायिक खेती गरी आर्थिक समृद्धि गर्नेतर्फ हामीले जोड दिएका छौँ ।’ वडामा युवा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ ।’

योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस वडाका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । यसका वाबुजुत वडाको चौतफि विकास जस्तै शिक्षा, स्वास्थ्य, कृषि,रोजगारी, खेलकुद अदिलाई प्राथमिकतामा राखेर काम गर्ने विकास निर्माका कार्यमा रफ्तार दिदै आएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

“भोक तिर्खा नभनि रातदिन नभनि स्थानियका कामका लागि म सदैव तयार रहने छु । काम गर्छ भनेको छु समाज सेवा मेरो चाहना हो म स्थानियका लागि लागिपरेको छु कसरी हुन्छ सेवा सुविधा सजिलो, चुस्तदुरूस्त बनाउन लागिरहेको छु” । वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

अन्तमा के भनुहुन्छ ?

हामीले गरेका विकास निर्माणका गतिबिधि सकारात्मक रुपमा सहयोग गर्नुहालो म निस्र्वाथ रुपमा स्थानिय बासिहरुको सेवा गर्नका लागी नै तपाईहरुको माझमा छु । म वडा नम्बर २ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.