Share Icon

♣हस्ता विष्ट
३० फागुन, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ” म्याग्दे ” कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन ।

जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ‘ म्याग्दे’ । छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे, यसैकारण यस गाउँपालिकाको नाम ‘ म्याग्दे ‘ गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ५६२८ र जम्मा जनसंख्या २२५०२ मध्ये पुरुष ९८८६ र महिला १२६१६ रहेका छन् ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित म्याग्दे गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शिव बहादुर क्षेत्री स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

म्याग्दे गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष शिव बहादुर क्षेत्री ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष क्षेत्री अहोरात्र खटिरहनुभएको छ ।

म्याग्दे गाउँपालिका वडा नं. २ मा पालिकाबाट जम्मा बजेट ६७ लाख र प्रदेशबाट ६० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष शिव बहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँ वडा अध्यक्षका निर्वाचित हुनभन्दा पहिले भारतीय सेनाबाट देशको सेवा गरेर अबकास प्राप्त भईसकेपछि नेपाल भोजपुर तनहु जिल्लाको अध्यक्षको रुपमा काम गरे साथसाथै अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष क्षेत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयोे ।

वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो,  ” वडामा शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको छ । ”

त्यसै गरी बाटो सडकको खण्डमा वडामा रहेका बाटोहरुको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र कालोपत्रे गर्ने कामहरु कामहरु भईरहेको वडा अध्यक्ष क्षेत्रीको भनाई छ ।

खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि वडाको पहलबाट बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष क्षेत्रीले प्रष्ट पार्नुभयो । त्यसै गरी कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि विभिन्न तरकारी फलफुलहरुको विरुवाहरु वितरण गरेको र कृषि औजारहरु वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सुविधाहरु उपलब्ध गराईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गराईरहेका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु अचार बनाउने, चुरा पोते बनाउने र नेतृत्व विकास तालिमहरु सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।  युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको व्यवस्था गरेका छौ ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon