नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिबद्धता

Share Icon

♦ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा भक्त बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय गजुरी गाउँपालिका स्थित ६ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै आफ्नो वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई निरन्तरता दिदैँ नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा बाटोघाटो, जनचेतनाका कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङ बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडावासीहरुलाई खेती गर्नका लागी गोरु पाल्न प्रोत्साहन गर्दै बाँझो रहेका खेतीयोग्य जमिनहरुमा तरकारी खेती गर्नका वडाबासीहरुको समुह बनाएर अघि बढ्ने योजना बनाएका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने र दिर्घ रोगीहरुलाई वडाको बजेटबाट औषधीहरु वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन नमुना विद्यालयहरु अवलोकन गर्दै लागी हामी परीरहेका छौँ ।”

वडामा रहेका युवा तथा महिलाहरुको लागि जनचेतना तथा सिप विकासका कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

त्यसैगरी वडामा रहेका सडक तथा खानेपानीहरुको समस्यालाई अध्यन गरेर सामाधान गर्ने योजना रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि समाज सेवाामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.