Share Icon

२३ असाेज, काठमाडाैं । ढकारी गाउँपालिका प्रदेश नम्बर ७ अन्तर्गत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो ।

साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।

समुन्द्री सतहबाट करिब ६ सय मिटरदेखि २ हजार २ सय मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ ।

यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेनदेखि करिब ५० किलाेमिटरको दूरीमा पूर्वीभागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ ।यहाँ वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरी करिब ७२ प्रतिशत र खेती गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ ।

ढकारी गाउँपालिका-७ का वडा अध्यक्ष रामबहादु्र थापाले खानेपानी सबै वडावाससीकाे घरमा नपुगेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । यस वर्ष पनि बजेट अभावका कारण अधिकांश विकास निर्माणका याेजनाहरू पूरा हुन नसक्ने उहाँकाे तर्क छ ।

कृषि क्षेत्रलाई अगाडि बढाउने पहल भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । अहिले कृषकले तरकारी खेती गरिरहेका पनि उहाँले बताउनुभयाे। विद्युतका लागि १ कराेड बजेट विनियाेजन  गरिएकाे र केन्द्रीय प्रसारण लाइनकाे विस्तारकाे काम भइरहेकाे उहाँकाे भनाइ छ।

सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार हुने क्रम जारी रहेकाे बताउँदै उहाँले  शिक्षक दरबन्दीकाे अभाव रहेकाे पनि बताउनुभएकाे छ। बजेट अभावले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा काम सहज रूपमा गर्न कठिनाइ भइरहेकाे उहाँले बताउनुभएकाे हाे।

स्वास्थ्य संस्थाहरूमा कर्मचारीकाे अभाव रहेका कारण सेवा प्रवाहमा समस्या भएकाे पनि उहाँकाे भनाइ छ। वर्षाका कारण सडक बिग्रिएका स्थानमा मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई पालिकाले ३ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। बजेट अभावका कारण निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्न नसकिने पनि अध्यक्ष थापाले बताउनुभयाे।

Facebook Comments Box

Share Icon