Share Icon

२३ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो ।

वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ ।

यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

फक्ताङलुङ गाउँपालिका-२ का वडा अध्यक्ष भुपेन्द्र चाैलागाईले भाैतिक पूर्वाधारका कामहरू भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। वडाका सबै स्थानमा ट्रयाक खाेलिएकाे र सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

वडाका सबै स्थानमा विद्युतकाे पहुँच पुगेकाे पनि उहाँले बताउनुभएकाे हाे । विद्युतकाे केन्द्रीय लाइनकाे विस्तारकाे काम ६ महिनाभित्र सम्पन्न हुने पनि उहाँले बताउनुभयाे। कृषिमा अनुसन्धान केन्द्र स्थापना गरिएकाे बताउँदै उहाँले कृषि क्षेत्रमा विषेश जाेड दिएकाे पनि जानकारी गराउनुभयाे। चेक संकलन गरेर बैंकबाट वडा अध्यक्ष मार्फत पैसा  झिकेर जेष्ठ नागरिक, अपांग र असक्त नागरिकका घरमै लगेर सामाजिक सुरक्षा भक्ता वितरण गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे। स्थानीय युवालाई राेजगारी दिने काम पनि भइरहेकाे उहाँकाे भनाइ छ ।

बालबालिका लक्षित कार्यक्रमहरू पनि संचालन भइरहेकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे पनि उहाँकाे तर्क छ । वैदेशिक राेजगारीमा जानबाट युवालाई  राेक्नका लागि केन्द्र सरकारले नै नियम बनाएर भूमिका खेन्नु पर्ने उहाँकाे भनाइ छ। साथै खानेपानीलाई व्यवस्थित गर्ने याेजनामा रहेकाे पनि उहाँले बताउनुभयाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । स्वास्थ्यकाे क्षेत्रमा पनि नागरिकलाई निःशुलक रूपमा सेवा प्रदान गर्दै आएकाे पनि उहाँकाे भनाइ छ । साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ३० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो।

निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष चाैलागाईकाे दावी छ ।

Facebook Comments Box

Share Icon