वडाबासीका समस्याहरू समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरुङ
१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेबास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हितमान गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
फलेबास नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हितमान गुरुङ ।
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
वडा अध्यक्ष गुरुङ निर्वाचित हुनभन्दा पहिले रोजगारीको सिलसिलामा विदेश गएर आएपछि निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।
फलेबास नगरपालिका वडा नं. ९ मा जम्मा वजेट नगरपालिकाबाट १ करोड र प्रदेशबाट ३० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र तार जालि लगाउने कामहरु भईरहेको छ । ‘
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको भवनको निमार्णको कामहरु तीव्र गतिमा भईरहेको वडा गुरुङले जानकारी दिनुभयो । त्यसै गरी सामाजिक सुरक्षा भत्ताहरु टोल टोलमा गएर वितरण गरेको उहाँको भनाई छ ।
उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, रासायनिक मलहरु वितरण गरेको र तरकारी खेतिको लागि टनेलहरु वितरण गरेका छौ । ‘
उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘
त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, वडामा युवाहरुलाई लक्षित गर्दै आफ्नो पारिश्रमबाट खेलकुदको लागि खर्च गरेको छु ।
वडा अध्यक्ष हितमान गुरुङले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।