Share Icon

१६ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशर पन्तले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

फलेवास नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष केशर पन्त ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पन्त अहोरात्र खटिरहनुभएको छ ।

फलेवास नगरपालिका वडा नं. ७ मा जम्मा बजेट पालिकाबाट १ करोड, प्रदेशबाट १ करोड ३० लाख र संघबाट ४ करोड विनियोजन गरिएको वडा अध्यक्ष केशर पन्तले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पन्त भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष पन्त निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पन्तले बताउनुभयोे ।

वडा अध्यक्ष पन्तले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र सिचाईलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र बाटोको ट्रयाक खोल्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा कक्षा १२ सम्म कानुन विषय अध्यापन गर्नको लागि चार कोठाको विद्यालयको भवनको निमार्णको काम भईरहेको र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्न अंग्रेजी माध्यमबाट अध्यापन गराउन तालिम सञ्चालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र वडामा वर्थिङको व्यवस्था गरेको गरेको वडा पन्तले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, सिचाई गर्नको कुलो निमार्णको काम भईरहेको छ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको सञ्चालन गरेको वडा अध्यक्ष पन्तले बताउनुभयो ।

त्यस्तै युवाहरुलाई लक्षित गर्दै प्रधानमन्त्री स्वरोजगारको व्यवस्था गरेर युवाहरुलाई रोजगारीको अवसर सृजना गरेको वडा अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

वडा अध्यक्ष केशर पन्तले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

 

Facebook Comments Box

Share Icon