Share Icon

२४ माघ, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले टोलटोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वडा अध्यक्ष अशराज न्यौपानेलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलटोलमा अभिमुखीकरण तालिम दिइएको छ ।

कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो ।

लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने वडा अध्यक्ष न्यौपानेले बताउनु भयो ।

उहाँले वडामा रहेको १४ वटै टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,ुगत शनिबारदेखि सुरू भएको बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम अहिलेसम्म ६ वटा टोलमा सकिएको छ।

वडा अध्यक्ष न्यौपानेले वडामा अहिले बाल विवाह तथा लागुपदार्थ दुव्यवसनी बढिरहेको गुनासो आएकोले त्यसको न्युनीकरणको लागि यस्तो सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा स्वास्थ प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सम्पूर्ण टोलका बड्घरहरुको विशेष उपस्थिति र टोलबासी र युवाहरुको सहभागितामा रहेको छ ।

Facebook Comments Box

Share Icon