Share Icon

२६ मंसिर, काठमाडाैं । कैलालीकाे टीकापुर नगरपालिका वडा नम्बर ५ काे अहिले विकासले मुहार फेरेको छ । यस वडामा काम गर्दा धेरै चुनौतीका साथ अवसर पनि रहेको वडाअध्यक्ष बलविर थारुले बताउनुभयो ।

वडा खबरसँग भएको कुराकानीका क्रममा उहाँले राम्रो काम गर्न खोजिरहेका यहाँका किसानको दैनिकी परिवर्तन होस र वडा नम्बर ५ पर्यटकमय बनाउने हाम्रो विशेष जोड रहेको बताउनुभयाे ।

व्यक्तिगत योजनाले मात्रै विकास असम्भव रहेको बताउँदै उहाँले सबै जनप्रतिनिधि, स्थानीय बासिन्दा एक भएर अगाडि बढ्नु पर्नेमा जाेड दिए।

हाम्रो वडा नेपालको नमुना वडा घोषण हाम्रो वडा नेपालको नमुना वडा घोषण समेत जानकरी दिदैँ उहाँले ‘कर्णाली नदीमा नेपालकै दुलर्भ शिवलिंग र विश्वकै दुर्लभ डल्फिन माछा यही क्षेत्रमा पाइने बताउनुभयाे। ‘यसले पनि मुलुककै नमुना वडाको रूपमा विकास गर्न सहयोग पुग्छ,’ उहाँले भन्नुभयाे ।

शैक्षिक क्षेत्रको गुणस्तर विस्तार टीकापुरलाई हराभरा बनाउने र कृषि हबको रूपमा विकास गर्ने उहाँको प्रतिबद्धता छ ।

वडाध्यक्ष थारूले भन्नुभयाे, ‘टीकापुर पार्कको विकास निर्माणलाई प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेका छौँ । शैक्षिक क्षेत्रमा पनि धरै परिर्वतन ल्याउनका लागि वडामा लोक सेवाका कक्षा सञ्चालन गरेका छौं।’

यस वडाका विद्यालयलाई प्रविधि मैत्री बनाउनका लागि विद्यालयमा कम्प्युटर वितरण गर्ने याजना रहेको जानकारी दिनुभयो । पुर्व अध्यक्षले वडाको भवन सिलन्यास गरेको र मेरो कार्यकालमा समापन भई हाम्रो वडाको भवनबाट वडाका सेवा सुविधा दिन सुरु गरेको समेत बताउनुभयो ।

वडामा काम गर्न कतिको सहज छ ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो 

यसभन्दा अघि म वडा सदस्यमा निर्वाचित भएकाे थिए । त्यसैले पनि वडाका हेरेक विकास निर्माका कार्यमा मलाई सहज भइरहेको समेत बताउनुभयो । यस वडाको मुख्य समस्या भनेको केरा खेती गर्ने किसाहरूकाे हाे।

म स्वंयम पनि केरा किसान हो, मलको महंगाइ त छदैँ छ, केराले बजारै पाएको छैन, हामीले १०/१५ रुपैयाँमा एक दर्जन केरा बेच्न बाध्य छाैँ ।जसकारणा लगत नै नउठ्ने अवस्था छ । हामीलाई ठुलै मार परेको छ ।

यसको लागि योभन्दा पहिले पनि पहल नभएको हैन तर केन्द्रसम्म समस्या पुग्दा पनि दिगाे रूपमा समाधान हुँदैन ।

सरकारले यस विषयमा गहन रूपमा ध्यान केन्द्रीत गरेकाे भए हामी किसानलाई राहत हुने थियो । वडालाई आर्थिक रुपले विकास गर्नका लागि हामीले हस्तकला तालिम पनि राखेका छौं । वडाकाे विकासका लागि म सदैब लागि पर्नेछु ।

मैले आफ्नाे कार्यकालमा वडाकाे चौतर्फी विकास गर्ने याेजनाका साथ काम गरिरहेकाे छु । उहाँले न्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन ।

जनताको हकहितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्लप हो । म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box

Share Icon