जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको छौं, अध्यक्ष वंशी
हस्ता विष्ट
१५ फागुन, काठमाडाैँ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मुकुन्द बहाुदर वंशी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मुकुन्द बहाुदर वंशी ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष वंशीले बताउनुभयोे ।
।
वडा अध्यक्ष वंशी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
वडा अध्यक्ष वंशीले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिदै सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा कायम गर्नको लागि विद्यालयको वरिपरि घेराबार लगाउनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
कृषिको क्षेत्रलाई मध्यनजर गर्दै कृषि उत्पादन बढाउनको लागि सिचाईको लागि कुलो निमार्ण गर्ने र विभिन्न तरकारीको विउँ विजन वितरण गर्ने तथा कृषिलाई व्यवसायमय बनाउने योजनाका साथ कामहरु अगाडि बढाइएको वडा अध्यक्ष वंशीले प्रष्ट पार्नुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य चौकीको भवनको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउनको लागि प्रदेश र संघसंग समन्वय गरेर बृहत रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्ष वंशीले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







