Share Icon

३ जेठ, काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि।मि। को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २०६२ सालदेखी नै समाज सेवामा आबद्ध दिनेश प्रशाद भट्ट निरन्तर विद्यार्थि जिवन दखि नै राजनितिक तथा समाज सेवाको यात्रा अगाडी बढानुभएको थियो ।

२०७४ सालको स्थानिय तहको चुनावमा २२ मतले पराजित हुनुभएको भट्ट निरन्तर रुपमा स्थानिय संग जोडिनभएको थियो ।

फलस्वरुप दिनेश प्रशाद भट्ट २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष भट्टले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

चालु आर्थिक वर्षको बजेटबाट ९५ प्रतिशत काम वडामा भएको बाकी ५ प्रतिशत काम चाडै हुने वडा अध्यक्ष भट्टले जानकारी दिनुभयो।

वडा अध्यक्ष भट्टले थप्दै भन्नुभयो, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।’

वडा अध्यक्ष भट्टले भन्नुभयो , ‘रोजगारी हाम्रो वडाको मात्र समस्या नभएर समग्र देशकै समस्या रहेको छ ।  हामीले भने वडामा कृषीलाई व्यवसायिक मुखी बनाउन लागी रहेको छौ । विहाना ७ देखी बेलुकी ७ बजेसम्म नै वडाका स्थानिय बासीलाई सेवा सुबिधा दिन अहोरात्र खटिरहेका छौ ।’

वडा अध्यक्ष भट्टले थर्प्दै भन्नुभयो, ‘वडा अध्यक्ष सम्मको यात्रा सम्झ्न पर्दा सबै भन्दा गाह्रो भनेको नै जनप्रतिनिधि हुने रहेछ । लोकसेवाको तयारी गरेको भए अधिकृत हुने थिए जस्तो लाग्छ जनप्रतिनिधि भएर काम गर्न बाहीर बसेर सोचे जस्तो सहज नभएको जनप्रतिनिधि हुनु गाह्रो भईसकेछि जनताको चित्त बुझाउन झनै गाह्रो रहेछ ।’

स्वास्थ्य,  शिक्षा, खानेपानीलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गरिरहेको वडा अध्यक्ष भट्टले उल्लेख गर्नुभयो । प्रत्यक टोल टोलमा गएर समग्र वडाको विषयमा छलफलका माध्यम बाट सबैभन्दा महत्वपुण योजनालाई मध्य नजर गरेर वडामा विकास निर्माणका कार्य अगाडी बढाई रहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon