पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

Share Icon

पाल्पा । जिप दुर्घटनामा १० जनाको मृत्यु भएको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको हो ।

साथै दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ ।

उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ। ओभर लोडको काराण जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.