Share Icon

२१ पाैष,सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँ सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाउनुभयो े । थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आउनुभएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो ।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहनु भएका उहाँ नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हँुदै आउनुभएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो ।

 

Facebook Comments Box

Share Icon