सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु : अध्यक्ष थारू
२१ पाैष,काठमाडाैं । दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो। साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २१४८४ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडामा पर्ने हेकुलीमा रहेको छ ।
दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएको छ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कमल चौधरीले बताउनुभयो।
वडामा उपभोक्ता समिति गठन गरेकाे र वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष कमल थारुले बताउनुभयो।
उहाँले भन्नुभयाे, ‘ विगतमा भएको अभ्यासलाई अन्त्य गर्नुपर्छ भन्ने प्रणकासाथ म अघि बढि रहेको छु । यसका लागि सम्पूर्ण वडाबासीहरुको सहयोग माया प्राप्त गरी म स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएपछि वडाको विकासको गतिविधिलाई अगाडि बढाउन तत्पर छु ।
वडाका सम्पूर्ण बुद्धिजीवी सरोकारवालाहरुसंग राय लिएर कृषि शिक्षा, स्वास्थ्य, सडक खानेपानी जस्ता क्षेत्रमा नवीन ढंगले विकास गतिविधि अघि बढाउने कोशिश गर्दैछु । नमुना वडा बनाउने मेरो लक्ष्य रहेको छ ।’
वडामा अहिले राष्ट्यि परिचय पत्र बनाउने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । अघिल्लाे अर्थिक वर्षमा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्ने काम तिब्ब्र गतिमा भईरहेको उल्लेख गर्नुभयाे ।
उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, ‘वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्,विभिन्न कारणले वडामा विकास निमार्णका कामहरु साेचेकाे जस्ताे तिब्र गति लिन पाएकाे छैन तर पनि हामी लागिरहेकाे छाैं वडाकाे सम्रग बिकासका कार्य तिब्र रूपमा अघि बढाई रहेकाे वडा अध्यक्ष थारुले बताउनुभयो।
वडामा स्वास्थ्य,शिक्षा तथा कृषिलाई पहिलो प्राथमिकताका साथ कामहरु अगाडि बढाई रहेको जानकारी दिनुभयो । अबको केहि समय देखि वडामा रहेका योजना तथा कार्यक्रमहरु तिब्ब्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष कमल थारुले बताउनुभयोले ।
आफ्नाे कार्यकालमा यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गर्ने उहाँले जानकारी दिनुभयो ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो ।
जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
उहाँले अन्त्यमा भन्नुभयो,मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने वडा नम्बर ४ का वडाबासीहरुलाई विशेष धन्यबाद दिन चाहान्छु ।
जसरी जनताले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।
दंगीशरण गाउँपालिका वडा नम्बर ४ काे कार्यालय भवन








