Share Icon

हस्ता विष्ट
१२ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३र११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् ।

यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३।५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ ।

गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित मोदी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुक बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

मोदी गाउँपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुक बहादुर गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ  । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

मोदी गाउँपालिका वडा नं. ८ मा जम्मा बजेट वडाबाट ९३ लाख, पालिकाबाट ६० लाख र संघ र प्रदेशबाट १ करोड ६० लाख वजेट विनियोजन गएिको वडा अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने र नयाँ ट्रयाक खोल्ने कामहरु गरिएको छ । ‘

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।

त्यस्तै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र सामुदायिक विद्यालयमा बढि भन्दा बढि विद्यार्थीहरुको संख्या बृद्धि गर्नको लागि कक्षा १० मा होस्टेलको व्यवस्था गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि टनेलको वितरण गरेको, कृषि पकेटको निमार्ण गरेको र आधुनिक कृषि औजार हाते टयाक्टरहरु वितरण गरेका छौ । ‘

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै रोजगारीमुलक विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउन्भनुयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ‘

वडा अध्यक्ष सुक बहादुर गुरुङले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon