Share Icon

१ जेठ ,काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् ।

गोपाल सिंह कार्की २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

 वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले नेपाल प्रहरीमा आबद्ध रहनुभएका गोपाल सिंह कार्की २०५७ सालदेखि नै समाज सेवामा आबद्ध हुनुहुन्थ्यो ।

२०७४ सालको स्थानिय चुनावमा ६ मतले पराजित भएता पनि २०७९ सालको चुनावमा बहुमतले मन र मत दुवैले दिइर स्थानियले छानेका निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

चालु आर्थिक वर्षमा बजेटबाट ७० प्रतिशत काम गरेर सकेको बाकी काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो ।

वडामा विद्यालय भवन तथा खानेपानि पनि यस वडामा खानेपानि एक घर एक धारा बनाएका छौ । १० प्रतिशत मात्र बाकी रहेको सबैले चाडै खानेपानिको सुविधा पाउने वातावरण बनाउने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

विकट ठाउँमा भएको वडा हो सबै स्थानियलाई समान अवसर हामीले दिन्छौ । वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘वडामा पारिवारिक बातावरण सिर्जना गरेका छौं । फलस्वरुप सबैले आफ्ना समस्या सहजै राख्नुहुन्छ ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon