वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष कार्की

Share Icon

१ जेठ, काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् ।

करबिर सिंह कार्की २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचनमा हुनभन्दा पहिले समाज सेवा तथा सहकारी संस्थाको व्यवस्थापक भएर करबिर सिंह कार्की निरन्तर समाजमा सेवामा लागी रहनुभएको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा २१ मतको अन्तर हुनुभएका कार्की २०७९ सालमा जनताको मन र मत दुवैले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

चालु आर्थिक वर्षको बजेटबाट ९० प्रतिशत काम वडामा भएको बाकी १० प्रतिशत काम चाडै हुने वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो।
वडा अध्यक्ष कार्कीले थप्दै भन्नुभयाे, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।’

शिक्षा, स्वास्थ्य , खानेपानीलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गरिरहेको वडा अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो । प्रत्यक टोल टोलमा गएर समग्र वडाको विषयमा छलफलका माध्यम बाट सबैभन्दा महत्वपुण योजनालाई मध्य नजर गरेर वडामा विकास निर्माणका कार्य अगाडी बढाई रहेको वडा अध्यक्ष कार्कीले बताउनुभयाे ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.