Share Icon

काठमाडाैं । अछाम जिल्ला साँफेवगर नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षकाे लागि टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सञ्चालन गरिरहेकाे छ ।

आर्थिक वर्ष २०८०/०८१ का लागि वडामा टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सञ्चालन गरिएकाे वडा अध्यक्ष ललित बोगटीले बताउनु भयाे ।

उहाँका अनुसार टाेल नं. ४ काे टाेल विकास संस्थाका अध्यक्ष सरिता थापाकाे अध्यक्षतामा बैठक बसी आज टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सम्पन्न गरिएकाे हाे ।

उक्त बैठकमा वडा अध्यक्ष बाेगटी, वडा सदस्य भुपेन्द्र बहादुर महता, हस्ते भुल, उर्मिला खडका र मथुरा विक समेतकाे उपस्थिती रहेकाे थियाे । टाेलवासीहरूकाे उपस्थितिमा आर्थिक वर्ष २०८०/०८१ का लागि याेजनाहरू प्राथामिकरण गरिएकाे वडा अध्यक्ष बाेगटीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon