Share Icon

२५ असाेज, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो।

यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५ हजार १ सय २४ (घरधुरी सर्भेक्षण-२०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सीमाना कावेली खोला रहेको छ।

साेही गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।

पाथीभरा याङवरक गाउँपालिका-३ का वडा अध्यक्ष पूर्ण बहादुर तिवारीले सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सडकलाई कालाेपत्रे गर्ने याेजना रहेकाे पनि उहाँकाे भनाइ छ।

यस वडावासीका घरमा स्वच्छ खानेपानी पुगेकाे पनि उहाँले जानकारी गराउनुभयाे। सिंचाइका याेजनाहरूकाे निर्माण गर्ने तयारीमा रहेकाे पनि उहाँले बताउनुभयाे । विशेष गरेर पर्यटनकाे क्षेत्रलाई अघि बढाउने याेजना भइरहेकाे पनि उहाँकाे तर्क छ।

सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे उहाँले बताउनुभएकाे छ। शिक्षक दरबन्दीकाे अभाव भएकाे बताउँदै उहाँले अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षककाे अभाव रहेकाे पनि बताउनुभयाे। हाल करार शिक्षकबाट समस्याकाे समाधान भइरहेकाे उहाँकाे भनाइ छ। विद्यार्थीहरूकाे संख्या न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। यहाँका कृषकलाई मुख्य त अलैंची, किवी र सुन्तला खेतीतर्फ केन्दित गराउने याेजना भइरहेकाे उहाँकाे तर्क छ।  साथै कृषि क्रान्ति मार्फत राेजगारीका अवसर सिर्जना गरेर विदेश जानबाट युवाई राेक्ने पहल भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे।

कृषकले लगाएकाे अलैंची बालीमा राेग लागेकाे बताउँदै उहाँले राेगलाई नियन्त्रण गर्ने काम पनि भइरहेकाे उहाँले जानकारी गराउनुभयाे। पशुपालन र विविध प्रकारका खेती गर्ने कृषकका लागि अनुदान दिने व्यवस्था पनि गरिएकाे उहाँकाे भनाइ छ

विद्युतकाे केन्द्रीय प्रसारण लाइनकाे विस्तारकाे काम भइरहेकाे बताउँदै उहाँले यसै वर्षभित्रमा सबै सम्पन्न हुने पनि जानकारी गराउनुभयाे। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ४० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष तिवारीकाे दावी छ ।

Facebook Comments Box

Share Icon