सडक कालाेपत्रे गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष तिवारी
२५ असाेज, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५ हजार १ सय २४ (घरधुरी सर्भेक्षण-२०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सीमाना कावेली खोला रहेको छ। साेही गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। पाथीभरा याङवरक गाउँपालिका-३ का वडा अध्यक्ष पूर्ण बहादुर तिवारीले सडकमा बाह्रै महिना सवारी…
