Share Icon

काठमाडाैं । स्थानीय सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गरेकाे छ । गुलरिया नगरपालिका वडा नम्बर ९ काे कार्यालयले वडाका किसानलाई धानको बिउ वितरण गरेको छ ।

देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमासमेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै वडा कार्यलयले धानकाे बिउ वितरण गरेको हो ।

धान खेतीको समय सुरू भएसँगै वडाका किसानहरूलाई उन्नत धानको धानको बिउ वितरण गरिएकाे वडा अध्यक्ष हरि प्रसाद पासवानले बताउनु भयाे।

उहाँले हरेक वर्ष ठूलो परिमाणमा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहनुपर्नेमा जोड दिनुभयाे ।

कृषकलाई ७५ प्रतिशत अनुदानमा हाइब्रिड जातका धानको बीउ वितरण गरिएकाे वडा सदस्य बिनिता देवकाेटाले जानकारी दिनुभयाे ।

वडा सचिव केशव ज्ञवालीले हाइब्रिड जातकाे १ सय ६० किलाे धानको बीउ किसानहरूलाई वितरण गरिएकाे जानकारी दिनुभयाे ।

७५ प्रतिशत अनुदानमा धानको विउ पाएपछि कृषकहरू हर्षित भएका छन् । धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा वडाले अनुदानमा उन्नत जातको धानको विउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानहरूले अपेक्षा गरेका छन् ।

Facebook Comments Box

Share Icon