Share Icon

♣हस्ता विष्ट
१३ चैत्र, काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ ।

यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१.२.७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।

गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैँडाकोट नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. १६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विनोद कुमार मल्ल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष मल्ल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष मल्ल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

विनोद कुमार मल्ल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले वडा सदस्यमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १६ मा वडाबाट ७० लाख, नगरबाट ५२ लाख बजेट र प्रदेशबाट १ करोड ५ लाख विनियोजन गरिएको वडा अध्यक्ष विनोद कुमार मल्लले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मल्लले बताउनुभयोे ।

वडा अध्यक्ष मल्लले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षालाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यन गर्ने विद्यार्थीहरुलाई पुर्ण रुपमा निशुल्क गरेको र कक्षा १० मा अध्यन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरेका छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेका गरिब तथा विपन्न वर्गका मानिसहरुको निशुल्क स्वास्थ्य विमा गरेको उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपांगहरुको लागि प्रत्येक महिनामा घरघरमा गएर निशुल्क स्वास्थ्य परिक्षण गरेर आवश्यक परेको बेला औषधिहरु दिने गरेको र जाडोको सिरकहरु वितरण गरेको वडा अध्यक्ष मल्लले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ” बाटोको क्षेत्रमा वडामा रहेको बाटो स्तरउन्नति गर्दै ढलान गर्ने र कालोपत्रे गर्ने काम भईरहेको छ । ”

त्यसै गरी सुत्केरी महिलाहरुको लागि सुत्केरी भत्ता भनेर ५ हजार दिने व्यवस्था गरेको र पोषणहरुको पनि व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष विनोद कुमार मल्लले भन्नुभयो, ” वडामा जनजाति र लक्षित वर्गहरुलाई कुखराको चल्ला, दानाहरु र औषधिहरु वितरण गरेका छौ । ”

उहाँले भन्नुभयो, ” आफुले पाउने पारिश्रमिकलाई गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु अध्यन गर्ने संखरदेव विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको उहाँको भनाई छ । ”

वडा अध्यक्ष विनोद कुमार मल्लले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon