Share Icon

४ असाेज, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ ।

भूमे गाउँपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष विक्रम पुन मगर स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी वडा ६ का अध्यक्ष मगरले बताउनुभयोे।

अध्यक्ष विक्रम पुन मगरले पहिले सामाजिक सेवामा आबद्ध साथै सानो तिनो व्यवसाय गरिरहेको कुरा उल्लेख गर्नभयो । भएर काम गरेको हुनाले वडाको कतिपय कामहरू गर्न सहज भएको बताउनुुभयो।

हाम्रो वडामा खानेपानिको समस्या रहेको प्रत्यक टोलमा खानेपानी मर्मत तथा पुन निर्माणका काम भईरहेका छ भनेर बताउनुभयो।

वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ । तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ। हाम्रो जिम्मेवारी हो।

समाज सेवा र रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु अध्यक्ष विक्रम पुन मगरले बताउनुभयो ।

हाम्रो वडाको मुख्य समस्या भनेको स्वास्थ्य चौकी टाढा रहेको त्यसको समाधान भएको बताउनुभयो । एकदमै उत्साह रहेको साथै वडाका कामहरु अघि बढिरहेको अध्यक्ष पुन मगरले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन। उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष विक्रम पुन मगरले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon