कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है ?

Share Icon

समीर अधिकारी

१६ जेठ , काठमाडाैं ।   मेरो अनुभूति मलाई अभिव्यक्त गर्न पटक्कै मन थिएन। लाग्थ्यो यो मेरो निजी विचार होला समस्या होला। तर होइन रहेछ। मसँग नजिक रहेका र मसँग संगत गरेका थुप्रै मजस्तै सिंगल लोक सेवा परीक्षार्थी एवं नयाँ जागिरेको अनुभव रहेछ।

यौवनमा सबैको घुम्ने, डुल्ने, रमाउने मन हुन्छ। अझ भनौं मनोरञ्जनमा अधिक सहभागी हुने। समय, परिवेश, साथी सर्कल सबैले यो उमेरमा रमाउने वातावरण सिर्जना गरेको हुन्छ। तर लोक सेवा परीक्षार्थीमा प्रायः एउटा साझा समस्या हुन्छ त्यो हो( अध्ययन।
लोक सेवा भनेकै निरन्तर अध्ययन, अध्ययन र अध्ययन नै रहेछ। यति भन्दै गर्दा यसले लोक सेवामा जान्ने पल्टियो भन्ने नठान्नुहोला।

लोक सेवामा के पढ्ने, कति पढ्ने ,कसरी पढ्ने भनेर हाम्रा अग्रज प्रशासक प्रशिक्षक गुरूहरूले बताउँनुहुन्छ। मार्गदर्शन गर्नुहुन्छ। उहाँहरूका लेख,रचना, विचार, कक्षाहरू निरन्तर अध्ययन गर्नुहोला। मलाई त्योबारे त्यति ज्ञान छैन।

म अलि फरक पाटोतर्फ लाग्छु। मलाई लोक सेवा परीक्षार्थी भएपछि के हुन्छ भन्ने अनुभूति राम्रोसँग थाहा छ।

संघर्षको समय हुन्छ सबैको। त्यो बेला आफूलाई लाग्छ सायद ममात्रै हुँला यो संसारमा असफल। म सक्दिनँ होला आफ्नो लक्ष्य भेट्न। अरूभन्दा म पो कमजोर छु कि१

यस्तै त्यस्तै ठ्याक्कै त्यो बेला साथीहरूको रमाइलो देख्दा लाग्थ्यो म पनि क्लब जाउँ, डिस्को जाउँ, ट्रेकिङ जाउँ, घुम्न जाउँ, त्यो पनि अझ आफ्नो प्रेमिकासँग। यी विविध सपना समस्या बनिदिने हो कि भन्ने चिन्ता फेरि अर्कोतिर हुन्छ।

परिस्थितिले यसरी बाँध्छ कि यी घुमफिर मनोरञ्जन प्रेमिका सबै प्राथमिकतामा पर्दैनन्।

यो प्रेमिकाको प्रसंगमा थोरै केही लेख्न मन लाग्यो। सबैको एउटै विचार हुन्छ भन्ने हुँदैन। मसँग वा मभन्दा अघिपछि निजामती जागिर खाएका करिब १० जना जति साथीहरू भेटमा अचेल एउटै कुरा गर्छन्।

अब त बिहे गर्नुपर्‍यो केटी खोज्दे न यार।

ए तेरो पनि प्रेमिका छैनरुु

सबैलाई म यही प्रश्न तेर्साउँछु।

सबैको जवाफ आउँछ

छैन यार।

कहिलेकाहीँ मेरो मनलाई पनि शान्ति मिल्छ। संसारमा म मात्रै होला सिंगल भनेको साथीहरूको अवस्था पनि आफ्नो जस्तो देख्दा मन प्रफुल्लित हुन्छ।

प्रेमिका नभएका पनि होइनन् तर समय दिन नसकेको बहानामा, उपहार दिन नसकेको रिसले वा बेरोजगार भनेर थुप्रैलाई थुप्रैले छोडेर जाँदा रहेछन्।

यी लोक सेवा परीक्षार्थीको प्रेम छुट्ने साझा समस्या रहेछन्। छुटेपछि पुनस् नभेटिने वा भेटिँदै नभेटिने के कारण होलान् त प्रेम नहुने प्रेमिका नभेटिनेरु यी सबैका समस्या नहुन सक्छन्। कति साथीहरू त प्रेम सम्बन्धमा रहेर पनि जागिर खाएपछि बिहे गरेका छन्। धेरै साथीहरूका समस्याहरू केलाउँदा केही साझा समस्या पहिचान गरेको छु।

१। समय व्यवस्थापनस् हुन त समयलाई आफूले व्यवस्थापन गर्ने हो समयले आफूलाई हैन तथापि परीक्षादेखि परीक्षा सम्मका तालिकाले यसरी विवश बनाउँछ कि अरू सोच्ने ध्यान हुँदैन ।

२। जागिर खानुपर्ने प्रेसर स् आफूसँगै पढ्न सुरू गरेका तथा पछि सुरू गरेका आफ्नै सहपाठीहरू जागिरे भैसक्दा आफूमा प्रेसर आउँछ अझ हाम्रो जस्तो देखासिकी गर्ने समाजमा आफू अनुत्तीर्ण हुनुको पीडा छँदैछ। समाजमा कुरा काट्ने प्रवृत्तिले जसरी हुन्छ जागिर खाने भन्ने मात्रै ध्यान हुनु।

३। आफ्नो रोजाइको नभेटिनुस् पढ्दै जाँदा उमेर बढ्दै जान्छ। आफ्ना पुराना साथी अझ भनौं क्लासमेट सबैको बिहे भैसक्छ। भएका पुराना प्रेमिकाको पनि अन्यत्रै बिहे भैसक्छ। केही मन पराएकाहरू आफ्नै सूरमा हुन्छन्। कतिले त बेरोजगार भनेर पनि प्रस्ताव स्वीकार्दैनन्।

४। जागिरे भएपछिस् जागिर नखाँदै कसरी जागिर खाने भन्ने मात्रै ध्यान हुन्छ। त्यतिन्जेल सबै छुटिसक्छ। जागिर खाएपछि जागिर खाने प्रेसर कम हुन्छ। अब बिहे गरौं भन्दा न कोही प्रेमिका हुन्छन् त न अरू कोही। फेरि जागिरे भएपछि मनमा अलिकति लोभ पलाउँदो रहेछ। केटी संस्कारी होस् जागिर होस् सुन्दर होस् सुशील होस या सबै गुण होऊन्। ३२ लक्षण भएकी युवती खोज्दा न भनेजस्तो युवती भेटिन्छन् उल्टै आफ्नो समय घर्किंदै जान्छ।

यी विविध पक्षहरू मेरा निजी अनुभूति हुन्। तर साझा अनुभूति पनि हुन् भन्ने मेरो विश्वास छ। अन्तिममा मेरा मित्रहरूको वाक्य सापटी लिएर एउटा कुरा भन्छु, कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है

(लेखक देवघाट गाउँपालिका वडा न २ का वडासचिव हुन्।)

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.