जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष बिष्ट
१६ जेठ, काठमाडाैं । देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं। ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ ।
साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा।वि।स। लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा।वि।स। मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ।
नवदर्गा गाउँपालिकामास्थित वडा नम्बर ४ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष पदम बहादुर बिष्ट ।
यस अघिको २०७४ सालको कार्यकाल पनि बिष्टको भएको विकास र जनले बिष्टलाई पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।
अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन्।
वडामा पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य , यातायात , कृषी, खानेपानी लाई राखेर समग्र वडाका गतिबिधि भईरहेका छन।
गुणस्तरीय शिक्षामा बिशेष पहल गरेको वडा अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष बिष्टले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’
वडा अध्यक्ष बिष्टले थप्दै भन्नुभयो, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।’हाम्रो वडामा मुख्य समस्या भनेको खानेपानिको तथा शिक्षामा रहेको छ ।
संहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष बिष्टले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयाे ।
शिक्षा, स्वास्थ्य , खानेपानीलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गरिरहेका छौं । वडा अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो । प्रत्यक टोल टोलमा गएर समग्र वडाको विषयमा छलफलका माध्यम बाट सबैभन्दा महत्वपुण योजनालाई मध्य नजर गरेर वडामा विकास निर्माणका कार्य अगाडी बढाई रहेको वडा अध्यक्ष बिष्टले बताउनुभयो।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







