आरजु राणा देउवाले भनिन् – शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो

Share Icon

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठा रहेको बताएकी हुन् ।

देउवाले भनिन्,‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ। साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर ।’

आफू सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि उनले बताइन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताइन्।

उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने बताइन्। महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.