२० पाैष,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुँदैछ ।
Facebook Comments Box
Related posts:

सदनमा बोलेका विषय सुनुवाई भएन,मतदातालाई सुनाउन मात्र बोलेको जस्तो देखियो : सांंसद बजगाईँ

'संविधानमा जनताका हकअधिकार समेटिएको छ'

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउनु दुर्भाग्यः नेता कोइराला

