विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउनु दुर्भाग्यः नेता कोइराला

Share Icon

५ असोज,काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताउनुभएकाे छ।

शिक्षकहरुले उठाएका मागहरु संवेदनशील रहेको भन्दै त्यसकाे बारेमा सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न उहाँले ध्यानाकर्षण समेत गराउनुभएकाे हाे।

शिक्षकहरुको जारी आन्दोलनका सन्दर्भमा शुक्रबार आफ्नो धारणा राख्दै कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाट नै राम्रो शिक्षा दिनुपर्ने तर्क गर्नुभयाे।

शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाट नै राम्रो शिक्षा दिनुपर्छ ।

व्यवहारिक कारणले त्यसो हुन सकेको नदेखिएकाे उहाँकाे भनाइ थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.