Share Icon

५ असाेज, काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरू संसदकाे बैठकमै नियमित उपस्थित नहुने कुरा शोभनीय नभएको स्मरण गराउनुभएकाे छ ।

कतिपय बैठकहरू कोरम नपुगेकै कारण स्थगित भएको भन्दै उहाँले संसदका बैठकमा नियमित सहभागी हुन पार्टीका सांसदहरूलाई आग्रह समेत गर्नुभएकाे छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय गतिविधिहरूकाे बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक लेखकले प्रमुख दलको सांसद भएको हिसाबले पनि सांसदहरूलाई बैठकमा उपस्थित नहुने कुराले शोभा नदिने बताउनुभयाे । ‘हाम्रो संसदमा उपस्थिति निकै कमजोर भएकाे छ ।

कति पटक त कोरम नपुगेर बैठक नै स्थगित हुने गरेको छ । गणपुरक संख्या नपुगेर बैठक नै स्थगित हुने कुरा प्रमुख दलको हिसाबले हामीलाई उचित नभएकाे उहाँकाे तर्क छ ।

थुप्रै विधेयकहरू संसदीय समितिमा पुगेर अड्किएको अवस्था रहेको भन्दै सांसदहरूलाई आ-आफ्नो समितिका बैठकमा नियमितरुपमा सहभागी भएर छलफलमा भाग लिन समेत उहाँले आग्रह गर्नुभयाे ।

 

Facebook Comments Box

Share Icon