गण्डकीका श्रष्टाको जीवनी तयार पारिँदै

Share Icon

२३ चैत,पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले यसवर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको व्यक्तिगत जीवनी तयार पारेको छ । प्रतिष्ठानले स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा श्रष्टाको जीवनी तयार गरेको हो ।

स्रष्टाहरु डा रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दरकुमार जोशी, डा कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा बमबहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे शास्त्री, आलोक श्री, धोज गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी, गोविन्द विनोदी, अम्बर विरही गुरुङ, पुष्परत्न महतो लगायतका श्रष्टाको जीवनी तयार प्रतिष्ठानले गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै केही श्रष्टाको जीवनी सङ्कलन हुने क्रममा रहेको र सम्पादनपछि सबै श्रष्टाका जीवनी ‘बेवसाइट’मा राखिनेछ । प्रतिष्ठानले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दुईसय पेजको यो पुस्तकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाट्य गतिविधिको इतिहास र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा सामुदायिक नाट्यचेतको अवस्था बारेको जानकारीसँगै नाट्य क्षेत्रमा स्थापित बनेका नाट्यकारको अन्र्तवार्ता पुस्तकमा समावेश गरिएको उहाँको भनाइ छ ।

प्रतिष्ठानले झलकमान गन्र्धव सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण सुरु गरेको छ । योसँगै प्रतिष्ठानले स्रष्टा स्वास्थ्य बीमा कार्यक्रमको समेत थालनी गरेको छ ।

सम्मर गायक र चन्द्रमणि अधिकारीलाई स्वास्थ्य बीमाको फायल हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुआत गरेको छ । यस वर्ष दुई सय श्रष्टाको स्वास्थ्य बीमा गर्ने तयारी गरिएको छ ।

त्यसैगरी प्रतिष्ठानले परम्परागत गीत संरक्षणकोसमेत सुरुआत समेत गरेको छ । यस अन्र्तगत गन्र्धव जातीको तरबार गीत विमोचन भएको छ । बाह््रमणको बालन, गुरुङहरुको मृत्यु संस्कार मात्र बजाइने गीत र मगरको कालीगण्डकीमा मात्र जीवित रहेको गीतलाई तयार पारेर सङ्ग्रह गरिएको जनाइएको छ ।

प्रतिष्ठानले आगामी वैशाखमा आफ्नो दोस्रो स्थापना दिवससमेत भव्य रुपमा मनाउने तयारीसहित विभिन्न कार्यक्रम गरिरहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका कला साहित्य सङ्गीत तर्फका श्रष्टालाई नगदसहित सम्मान गरिने छ । यससँगै अन्य केही प्रशिक्षण कार्यक्रमसमेत प्रतिष्ठानले गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.