४१ सदस्यीय महिला जनमत संघ बारा गठन
बारा । माननीय डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टी बाराको गौरवशाली संगठन महिला जनमत संघ बाराको जिल्ला स्तरीय महिलाहरूको बृहत् भेला कार्यक्रम सदरमुकाम कलैया स्थित तेली कल्याण सामाज नेपाल को सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त जिल्ला स्तरीय भेला कार्यक्रममा विभिन्न पालिकाबाट करिब ३०० भन्दा बढी महिलाहरुको उत्साहजनक बाक्लो उपस्थिति रहेको थियो । भने अमृता कुमारी भगतको संयोजकत्वमा ४१ सदस्यीय महिला जनमत संघ बारा गठन गरेका छन ।
महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी भगतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सुनिल यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह,रौशन खातुन ,केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल , केन्द्रीय सदस्य विजय गुप्ता ,प्रो.हरी प्र. कुर्मी , राजु साह, नगिना देवी जैसवाल,मधेस प्रदेश समिति सदस्य रामाशंकर कुशवाहा,गजानन्द यादव, युवा जनमत संघका बारा जिल्ला संयोजक विकास कुमार सिंह ,विद्यार्थी जनमत संघका जिल्ला संयोजक संजय साह सर्राफ,महिला जनमत संघकी बारा उप संयोजक शान्ता कुशवाहा,महिला नेतृ शुष्मा यादव लगायतका नेताकार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।