प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै
२६ असाेज, काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्ने भएकाे छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो २ बजे बस्ने भएकाे हाे। शुक्रबारको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
Facebook Comments Box