Share Icon

१३ असाेज,काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ ।

शुक्रबार अबेर निर्वाचन सम्मपन्न भएपछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतलेपछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो । ढुङ्गेल ६ सय ९६ मत प्राप्त गरेर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र प्राप्त गर्नु भएकाे थियो ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो । यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

Facebook Comments Box

Share Icon