Share Icon

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा रविलाई गृहमन्त्री बनाउने सहमति जुटेको हो ।

बैठकपछि रविले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए । यस्तै एमालेबाट विष्णु पौडेल अर्थ तथा उपप्रधान र माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र तथा उपप्रधानमन्त्री बन्ने पक्का भइसकेको छ ।

यसैगरी एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साह तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने भएका छन् । खानको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्ने पक्का भए पनि अन्यको मन्त्रालय खुलेको छैन ।

Facebook Comments Box

Share Icon