रेशम चौधरी क्रान्तिकारी हुन्, न्यायाधीशले पुराना सोच राखे : बाबुराम भट्टराई

Share Icon

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत र न्यायाधीशले पुराना सोच राखेर अपराधको परिभाषा गर्ने गरेको बताएका छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई दोषी ठहर गर्ने उच्च अदालत दिपायलको फैसलालाई नै सर्वोच्च अदालतले सदर गरिदिएपछि डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् ।

उनले रेशम क्रान्तिकारी भएको बताउँदै सलाम गरे ।

उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानून, नजीर, सोच राखेर ‘अपराध’को परिभाषा गर्छन् र ‘अपराधी’लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोच/मान्यता/विधि स्थापित गर्न खोज्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम !’

टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.