१३ असाेज,काठमाडौं । यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
खेल काठमाडौंको दशरथ रंगशालामा शनिबारअपराह्न साढे ५ बजे हुने भएकाे हाे । दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई पराजित गर्दैफाइनल प्रवेश गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।
दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दावी गरेका छन् ।
Facebook Comments Box


![शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]](https://wadaakhabar.com/wp-content/uploads/2024/02/2-2-150x150.jpg)


