रमेश लेखक

सांसदहरू कमसेकम संसद बैठकमा चाहीं गइदिनुस्: रमेश लेखक

सांसदहरू कमसेकम संसद बैठकमा चाहीं गइदिनुस्: रमेश लेखक

५ असाेज, काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरू संसदकाे बैठकमै नियमित उपस्थित नहुने कुरा शोभनीय नभएको स्मरण गराउनुभएकाे छ । कतिपय बैठकहरू कोरम नपुगेकै कारण स्थगित भएको भन्दै उहाँले संसदका बैठकमा नियमित सहभागी हुन पार्टीका सांसदहरूलाई आग्रह समेत गर्नुभएकाे छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय गतिविधिहरूकाे बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक लेखकले प्रमुख दलको सांसद भएको हिसाबले पनि सांसदहरूलाई बैठकमा उपस्थित नहुने कुराले शोभा नदिने बताउनुभयाे । ‘हाम्रो संसदमा उपस्थिति निकै कमजोर भएकाे छ । कति पटक त कोरम नपुगेर बैठक नै स्थगित हुने गरेको छ । गणपुरक संख्या नपुगेर बैठक नै स्थगित हुने कुरा प्रमुख…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.