सरकारको बाटो खाली गर्न प्रधानमन्त्री दाहाललाई नेता काेइरालाको आग्रह
२० असाेज,काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाईआग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारको देश अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको रसरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खाली गरिदिन समेत उहाँले आग्रह गर्नुभएको हो । देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै उहाँले यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दावी गर्नुभयो । उहाँले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैं दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको पनि बताउनुभयो । उहाँले जातीय राज्य गोजीबाट निकालेर…
