आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ मा जनमत पार्टीको दोस्रो वडा अधिवेशन सम्पन्न
काठमाडाैं । जनमत पार्टी बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वामा दोस्रो वडा अधिवेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ ।
अध्यक्ष जगदेव प्रसाद कुशवाहा,महिला उपाध्यक्ष कलावती देवी कानु, पुरुष उपाध्यक्ष राजेश कुमार पटवा, सचिव बृजकिशोर कुशवाहा, सह सचिव प्रदिप शर्मा, कोषाध्यक्ष रामाशंकर पाण्डे लगायत सदस्यहरु सुनिता देवी कानु,रिना देवी बैठा रहने गरी २१ सदस्यीय वडा समिति गठन गरिएकाे छ ।
उक्त वडा अधिवेशन कार्यक्रममा जगदेव प्रसाद कुशवाहाको अध्यक्षता तथा मधेस प्रदेश समिति सदस्य एवं पालिका पर्यवेक्षक गजानन्द प्र. यादव , केन्द्रीय सदस्य एव पालिका पर्यवेक्षक राजकुमार कुशवाहा, केन्द्रीय सदस्य विजय गुप्ता , केन्द्रीय परिषद् सदस्य राजेश साह र विद्यार्थी जनमत संघ बाराका पुर्व जिल्ला अध्यक्ष साहेब गुप्ताको विशेष उपस्थिति रहेको थियोे ।







