वडा अध्यक्ष श्रेष्ठकाे वडाकाे विकासमा अग्रगामी छलाङ

Share Icon

गाेरखा । गाेरखाकाे गाेरखा नगरपालिका वडा नम्बर ७ काे कार्यालयले पाहिलाे र दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले गरेका विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट विष्णु प्रसाद श्रेष्ठ दाेस्राे कार्यकालका पनि वडा अध्यक्षको जिम्मेवारीमा हुनुहहुन्छ।

वडा नम्बर ७ का वडा अध्यक्ष श्रेष्ठ विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष श्रेष्ठ वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहुन्छ।

वडा अध्यक्ष श्रेष्ठको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष श्रेष्ठ वडामा विकास प्रेमी नेताकारुपमा परिचित हुनुहुन्छ ।

आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न पाउँछ । साेही क्रममा उहाँले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पहिलाे र दाेस्राे कार्यकालकाे पहिलाे वर्षमा गरेको विकासको कामका जानकारी गराउनु भएकाे छ।

उहाँको नेतृत्वमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ । सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

उहाँले अघिल्लाे कार्यकालमा कृर्षि र पशुपालनलाई विशेष प्राथमिकता दिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘अघिल्लाे कार्यकालका कृर्षि र पशुपालनलाई प्राथमिकता दिइएकाे थियाे, जसले गर्दा कृषकहरूलाई बिउविजन वितरण गर्नुका साथै बाख्रासमेत वडावासीलाई उपलब्ध गराइएकाे थियाे।’

वडा अध्यक्ष श्रेष्ठले वडाभित्र पूर्वाधार विकासमा जाेड दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’वडामा पूर्वाधार विकासकाे लागि प्रदेश र संघ स्तरबाट बजेट आएकाेले बाटाे निर्माणलाई प्राथमिकता दिइएकाे छ।’ त्यस्तै वडा अध्यक्ष श्रेष्ठले वडाका विभिन्न टाेलमा बाटाे निर्माण गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’बिग्रिएकाे बाटाे ढलान गराई निर्माण गरिएकाे छ।’

उहाँले वडामा रहेकाे मान्द्रेढुङ्गा छेवेटार सडक, साल्बोटे पन्थेस्वारा सडक, हिमचुली मसार-हुँदै डण्डीडाडा स्वास्थ्य चौकी सडक र थर्पु बेल्डाडा लगायत क्षेत्रमा सडक निर्माण सकिएकाे बताउनु भयाे ।

त्यस्तै वडा अध्यक्ष श्रेष्ठले थर्पु लिफटिङ सिचांई योजना थप काम अगाडि बढाउन पहल भइरहेकाे जानकारी दिनुभयाे । उहाँले जलदेवी महिला समुहकाे ५ लाख लागतमा भवन निर्माण गरिएकाे बताउनु भयाे । त्यसैगरी वडामा रहेकाे खिरेपानी पार्क निर्माणकाे कार्य पनि द्रुत गतिमा भइरहेकाे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यस्तै उहाँले सामाजिक विकास तर्फ पनि विभिन्न कार्यक्रमहरू गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’सामाजिक विकास अन्तर्गत महिलाहरुका लागि वहुउदेश्यीय सिपमुलक तालिम केन्द्र स्थापना, जेष्ठ नागरिक अपाङ्ग दलित तथा एकल महिलालाई भ्रमण तथा सम्मान लगायतकाे कार्यक्रम गरिएकाे छ।’

त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिइएकाे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे। उहाँले भन्रुभयाे,’आधारभुत स्वास्थ्य केन्द्रमा आवश्यक सामाग्री खरिद तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिनुका साथै शिवीर सञ्चालन गरिएकाे छ।’

त्यस्तै उहाँले पछिल्लाे पर्यटन प्रवर्द्धन पनि विभिन्न कदमहरू चालिएकाे जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,’ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिकस्थलमा विशेष ध्यान दिएर कामहरू गरेका छाैँ।’उहाँले वडामा धार्मिक सम्पदा जाेगाउन मन्दिर निर्माण गरिएकाे जानकारी दिनुभयाे ।

त्यसैगरी उहाँले शिक्षालाई पनि प्राथमिकता दिएकाे विभिन्न याेजनाहरू सम्पन्न गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’नव ज्याेती मावि र मदरसामा शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सामानहरू खरिद गरिएकाे छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.