Share Icon

 १८ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष हिक्मत कुवँर भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कुवँरले बताउनुभयो ।

वडा अध्यक्ष कुवरँले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँ पहिले नेपाली सेनामा तिस वर्ष सम्म देशको सेवा गरेर अबकास भइसकेपछि निरन्तर समाज सेवामा लागि हुनुभएको छ । त्यसैले उहाँलाई वडाबासीहरुले अत्यन्त रुचाएका वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले भन्नुभयो,  ” खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा पुराउनको लागि कामहरु तीव्र गतिमा अगाडि बढाईरहेको छन । त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उहाँले बताउनुभयो । ”

त्यसै गरी बाटो सडकको खण्डमा स्तर उन्नति गर्दै ग्राभेल गर्ने , ढलान गर्ने योजानमा राखेको उहाँले जानकारी दिनुभयो ।

कृषिको क्षेत्रमा पनि उतिकैै जोड दिदै कृिष सम्बन्धी विभिन्न तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष कुवँरले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजना तथा कार्यक्रमहरु रहेका छन । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परेका छौ । अध्यक्ष कुवँर भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेका छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon