Share Icon

८ चैत्र , काठमाडाैं ।   गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो ।

१४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते राजपत्रमा प्रकाशित भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा जित्न सफल दुर्गा प्रसाद खनाल वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा शिक्षण पेशा पछि बैदेशकि रोजगारमा आबद्ध भएर काम गरेर नेपाल फर्किएर समाज सेवामा आबद्ध रहनुभएका खनालले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष खनालले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वजेटकाे अभावले साेचे जस्ताे विकास गर्न नसकेकाे तर पनि जनकाे अाशा भाराेसालाई कहिले मर्न नदिने समित बजेटमा रहेर पनि विकास निर्माणका काममा गति दिने वडा अध्यक्ष खनालले बताउनुभयाे ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा खनालले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता कृषिलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, सडक आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ५  वडा अध्यक्ष दुर्गा प्रसाद खनालकाे तस्बिर 

Facebook Comments Box

Share Icon